बुद्दभुमीले बनायो ३ करोड बढी लागतको पक्की पुल
  • SNN Nepal

  • कपिलवस्तु ।कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले आफनै लगानीमा ३ करोड बढी लागतको पक्की पुल बनाएको छ । वडा नम्बर १० स्थित घोराही नालामा लोहरौला– अलीनगर गाउ जोडने पुल नगरपालिकाले बनाएको । बहुबर्षे आयोजना अन्तर्गत २ बर्ष लगाएर ३ करोड ३३ लाख ६२ हजार ५८० रुपैया लागतको पुल निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

    २० दशमलव ५ मिटर लामो र ७ दशमलव २० मिटर चौडाईको पुल निर्माण गरिएको ईन्जीनीयर निकिता त्रिपाठीले बताईन ।पालिकाको बहुबर्षे आयोजना अन्तर्गत यो आयोजना दोश्रो ठुुलो रहेको समेत उनले बताईन । बुद्धभुमीमा रिङ रोड बनाउने पालिकाको सबै भन्दा ठुलो आयोजना हो।पुलको उदघाटन गर्दै मेयर केशव कुमार श्रेष्ठले सदरमुकाम तौलिहवासंग जोडनका लागि पुल निर्माण गरिएको बताए ।‘अब आफनो पालिका र तौलिहवामा आउजाउ गनै निकै सजिाले भएको छ’उनले भने ।

    तरकारी उत्पादन गर्ने वडाकारुपमा रहेको पुर्व धनकौली गाबिस भित्र निर्माण गरिएको यो पुलले कृषकहर धेरै लाभान्वित हुने उनले बताए । प्रमुख प्रशाकीय अधिकृत अनिल पौडेलले पालिकाको आफनै लागनीमा बनाइएको यो पुलले धेरैलाई फाइदा हने बताए ।पालिकाले टोले सडक मात्र बनाउने भन्ने गरिन्थ्यो तर यो पुल निर्माणले नगरपालिकाले ठुलो काममा नि हात हाल्छ सक्छ भन्ने सन्देश गएको छउनले बताए।
    वडा नम्बर १० का अध्यक्ष सन्दीप पाण्डेयले पुल निर्माणले तरकारीको पकेट क्षेत्र रहेको धनकौलीमा आर्थिक कारोवार बढने बताए । सदरमुकाम र पालिका बिच दुरी घटाएको छ कृषकलाई धेरै नै फाईदा हुन्छ ।
    यस अघि यहा पुल नहुदा काठे पुलमा जोखिमपुर्ण यात्रा गर्न गाउलेहरु बाध्य थिए । बिद्यार्थीहरुलाई पनि आउजाउ गर्न सजिलो भएको छ । मेयर केशव कुमार श्रेष्ठको अध्यक्षता, राजन पोखरेलको संचालनमा भएको उदघाटन समारोहमा वडा नम्बर १ का अध्यक्ष तिलक बस्नेत, ईन्जीनीयर निकिता त्रिपाठी लगायतले मन्तब्य दिएका थिए । पुल संझौता अनुसार नै तोकिएको सयममा निर्माण भएको हो ।

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images