फुटबल टिमका २० जनामा कोरोना संक्रमण पुष्टि
  • SNN Nepal

  • काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरी २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नु अघि गरिएको कोरोना परीक्षणमा खेलाडी र अफिसियल गरी २० जनाको रिपोर्ट पोजेटिभ देखिएको अनिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो ।

    एन्फा प्रवक्ता किरण राईले २० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे । खेलाडीहरुलाई कोरोना देखिएपछि एन्फाले बन्द प्रशिक्षण एक साता स्थगित गरेको छ ।

    एन्फाले आज (बिहीबार) बाट टिममा बन्द प्रशिक्षण शुरु गर्ने तयारी गरेको थियो ।

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images