गणेश पहाडी र हरि पराजुली पनि एमाले बैठकमा सहभागी
  • SNN Nepal

  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा गणेश पहाडी र हरि पराजुली पनि सहभागी भएका छन् ।

    वरिष्ठ नेता माधव नेपाल निकट नेता पहाडी २७ जेठमा सामान्य प्रशासन मन्त्री बनेका थिए । तर उनलाई सर्वोच्च अदालतले ८ असारमै पदमुक्त गरिसकेको छ । मन्त्री बनेपछि पहाडी ओली समूहको बैठकमा पहिलो पटक सहभागी भएका हुन् ।

    पराजुली भने उपाध्यक्ष वामदेव गौतम निकट हुन् । गौतम पनि बैठकमा सहभागी छन् । तर माधव नेपाल समूहका नेताहरु भने अनुपस्थित छन् ।

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images