भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो
  • SNN Nepal

  • काठमाडौँ। भारतमा कोरोनाले मृत्यु हुनेको संख्या चार लाख नाघेको छ ।

    पछिल्लो २४ घण्टामा ७९७ संक्रमितको मृत्यु भएसँगै त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६८ पुगेको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ४७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४७ हजार २५२ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २६औँ दिन हो ।

    यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ५ लाख १ हजार १८९ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा ५ लाख २ हजार ३८३ जना संक्रिय संक्रमित छन् ।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images