सुनवलको नमुना सामुहिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • सागर पौडेल

  • पश्चिम् नवलपरासी । जिल्ला वन कार्यक्रम पश्चिम् नवलपरासी को सहयोग, नमुना सामुहिक बन को आयोजनामा आज सुनवल नगरपालिका वडा नम्बर २ नवदुर्गा टोलमा अबस्थित नमुना सामुहिक वनमा वृक्षारोपण गरिएको छ ।

    नमुना सामुहिक वनका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षता तथा नवदुर्गा टोलका जेष्ठ नागरिक कुलप्रसाद काफ्ले को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समाजसुधार आमा समूह , नवदुर्गा युवा क्लब , समाजसेवी बुद्धिजीवी , पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    अध्यक्ष टिकाराम पौडेल बोल्दै एउटा रुख काटेमा दुइटा रुख रोप्ने बानी बसालौ , वनजङ्गल बिनास गर्नु भनेको स्वास्थ जिवनमा नकारात्मक असर पुराउनु हो । रुख बिरुवा रोप्नु मात्र वृक्षारोपण नभएर भएका बिरुवा को संरक्षण गर्नु पनि वृक्षारोपण हो भन्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
    ३ हेक्टर क्षेत्रफलमा फैलिएको जङ्गलमा टिक, टाकि, हर्यो ,सफेदा गरि ७०० बिरुवा वृक्षारोपण गरिएको थियो ।

    जङ्गलमा सुरुदेखी नै सिसौ, बास, आँप , खयर , बेल, डुम्री , खनियो,इपिलिपी, कदम,जमुना,अमला,कटर कागती,बेल,रोईनि ,वर- पिपल, समि, निम, बेलौती , बडर जस्ता बिरुवाहरु रोप्दै आईरहेको छ ।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images