ब्राउन सुगरसहित एक जना पक्राउ
  • SNN Nepal

  • सुर्खेत । सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

    पक्राउ पर्ने वीरेन्द्रनगर नगरपालिका–११, गाग्रेतालका २८ वर्षीय नवीन तिवारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । विशेष सूचनाको आधारमा प्रहरीले गाग्रेतालबाटै उनलाई नियन्त्रणमा लिएको हो ।

    ती व्यक्तिको शरीर र घर कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ६ पुडिया लागू औषध ब्राउन सुगर फेला परेको डीएसपी घर्तीले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images