उरूग्वेलाई पेनाल्टीमा हराउँदै कोलम्बिया सेमिफाइनलमा
  • SNN Nepal

  • काठमाडौँ। उरूग्वेलाई पेनाल्टीमा हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    आइतबार बिहान सम्पन्न क्वाटर फाइनलमा उरुग्वेलाई पेनाल्टीमा ४-२ ले हराउँदै कोलम्बियाले अन्तिम चारमा स्थान बनाएको हो ।

    निर्धारित तथा थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

    पेनाल्टीमा दोस्रो र चौथो पेनाल्टी प्रहार गरेका उरुग्वेका खेलाडीको बल कोलम्बियाका गोलरक्षकले रोक्न सफल भए । कोलम्बियाका चार खेलाडीले लगातार गोल गरे ।

  • २० असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images