सिर्सिया खोलाको बाढी पस्दा पर्साका बस्ती डुबानमा
  • SNN Nepal

  • पर्सा । सिर्सिया खोलाको बाढी पस्दा पर्साका बस्ती डुबानमा परेका छन् । रानीघाट, रामगढवा, गछिया टोल, श्रीपुर नयाँवस्ती, कृषि औजार क्षेत्र र शिवपार्वती क्षेत्रका वस्ती डुबानमा परेका हुन् ।

    रानीघाट क्षेत्रमा कम्मरसम्म डुब्ने पानी छ । अन्न, लत्ताकपडा पानीमा डुब्दा स्थानीयको बिजोक छ । उनीहरु आफन्तको घरमा बसेका छन् ।

    डुबानमा परेको रानीघाट क्षेत्रबाट ३१ घरधुरीका ८४ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले शनिबार साँझ उद्धार गरेको छ । ४७ जना पुरुष, २२ जना महिला र १५ जना बालबालिकालाई उद्धार गरेको प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेश गौतमले जानकारी दिए ।

  • २० असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images