जहाज कुर्दाकुर्दै साउदीमै अस्ताए बिन्देश्वर !
  • SNN Nepal

  • दोहा। रोजगारीको सिलसिला साउदी अरबमा पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ ।

    साउदीको रियादस्थित अल हाईडेर कम्पनीमा कार्यरत सिरहा कल्याणपुर नगरपालिका-४ डरौलका ४८ बर्षीय बिन्देश्वर महराको मृत्यु भएको हो ।

    विगत १६ वर्ष देखि त्यहाँ कार्यरत रहेका महरा साउदीको बसाइ बिट मारेर घर फर्किने तयारीमा रहेका बेला एक्कासी मृत्युको खबर आएको मृतकका ज्वाइँ सञ्जयले जानकारी दिए ।

    उनलाई उच्च रक्तचापकाको कारण कम्पनीले एक साताअघि साउदीको एक अस्पताल भर्ना गरेको थियो । कम्पनीले स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बताइरहेको बेला एक्कासी मृत्युको खबर आएपछि परिवार विक्षिप्त भएको उनले बताए ।

    मृतक महरा गत वैशाखमै स्वदेश फर्किने तयारीमा रहे पनि कोरोना संक्रमणका कारण नेपाल सरकारले हवाई उडानमा प्रतिबन्ध लगाएपछि साउदीमै रोकिएका थिए । मृतकका श्रीमती, ३ छोरी र १ छोरा छन् ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images