सबै विदेशी सैनिकले सेप्टेम्बरभित्रै अफगानिस्तान छाड्नेमा तालिवानको आशंका
  • SNN Nepal

  • काठमाडौँ। अफगानिस्तानमा रहेका अमेरिकी तथा नेटो सैनिकले आउँदो सेप्टेमबरसम्ममा अफगानिस्तान छाड्नेमा तालिवानले आशंका गरेको छ ।

    आउँदो सेप्टेम्बर-११ सम्ममा सबै विदेशी सैनिक अफगानिस्तानबाट बाहिरिँने बताइएकोमा त्यस समयमा उनीहरु फर्किनेमा तालिवानले आशंका जनाएको हो ।

    तालिबानले सबै विदेशी सैनिक समयसीमा भित्रै स्वदेश नफर्किए त्यसबाट निम्तिने परिणामको सामना गर्नुपर्ने चेतावनी पनि दिएको छ ।

    काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षाका लागि एकहजार सैनिक रहने खबर सार्वजनिक भएपछि तालिबानको यस्तो चेतावनी आएको हो ।

    तालिबानका नेताले बीबीसीलाई जनाएअनुसार समय सीमा भन्दा पछि बाहिरिने वा समय सीमापछि पनि अफगानिस्तानमा रहने विदेशी सैनिकहरु जोखिममा आउने चेतावनी दिइएको हो । तालिबानका प्रवक्ता शुहाइल शहीनले काबुल सैनिकलाई नियन्त्रणमा लिने आफूहरुको नीति नरहेको तर विदेशी सेनाकै छाताभित्र रहने कुरा अस्वीकार्य हुने बताएका छन् ।

    २० वर्षदेखि अफगानिस्तानमा जारी रहेको अमेरिका र नेटोको सैन्य अभियानमा अन्त्य हुने चरणमा छ ।

    विदेशी सैनिकको साथ पाउँदै आएको अफगान सेनाले अब देशको सुरक्षाको जिम्मा एक्लै सम्हाल्ने तयारी गरिरहेको छ ।

     

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images