देशका अधिकांश स्थानमा आज पनि वर्षा
  • SNN Nepal

  • काठमाडौँ। मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा आज पनि वर्षा भइरहेको छ ।

    देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली भइ प्रदेश १ का केही स्थानहरुमा मध्यम वर्षा भइरहेको छ । अहिले प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले अपनाउन महाशाखाले आह्वान गरेको छ ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images