सूर्यविनायकको जंगलमा सढेको शङ्कास्पद अवस्थामा पुरुषको शव फेला
  • SNN Nepal

  • काठमाडौं । सूर्यविनायक नगरपालिका–१  सिरुटारस्थित चमेली वनमा शङ्कास्पद अवस्थामा पुरुषको शव फेला परेको छ ।

    बाँया हातमा मेडिकलको ब्याण्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाइन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा शव जङ्गलमा फेला परेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

    महानगरीय प्रहरी वृत्त ठिमीले घटना र शवको प्रकृतिअनुसार हरियो ज्याकेट, सुन्तला रङ्गको कट्टु र कालो जुत्ता लगाएको, अन्दाजी ४० देखि ४२ वर्षको देखिने पुरुषको शव जङ्गलमा आइतबार भेटिएको प्रहरीले आज जानकारी दिएको छ ।

    अन्दाजी एक साताअघि नै मृत्यु भएकाले शव सड्न थालेको र दुर्गन्धित अवस्थामा भेट्टाइएको हो । पहिचान भने भएको छैन । शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएर अनुसन्धान शुरु गरेको बताएको छ ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images