बाढीपहिरो प्रभावितलाई ४० घर हस्तान्तरण
  • SNN Nepal

  • बेनी। म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ ।

    गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चाबी हस्तान्तरण गरिएको हो ।

    जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहहरुसँग समन्वय गरी जग्गाविहीनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्डानुसारका प्रतिघर पाँचरपाँच लाख गरी दुई करोडको लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले बताए ।

    आइतबार रघुगङ्गा गाउँपालिकामा निर्माण भएका चार वटा घर हस्तान्तरण गरिएको छ । यसअघि अन्य पाँच स्थानीय तहमा पुनःनिर्माण गरिएका घर सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ ।

    करिब छ महिनाको अवधिमा मोनाले धवलागिरि गाउँपालिकामा १४, मालिकामा १०, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा चाररचार वटा पहिरो पीडितको घर निर्माण गरी हस्तान्तरण गरिएको घर पुनःनिर्माण समितिका सदस्य दल शेरपुर्जाले जानकारी दिए ।

    उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस र स्थानीय तहसँगको समन्वयमा बाढी र पहिरोपीडित लाभग्राहीको छनोट गरिएको हो । गत माघ महिनामा रघुगङ्गा गापा–५ झिँबाट शुरु भएको पुनर्वास अभियानले पीडितको घाउमा मलम लगाउने प्रयास गरिएको मोनाले जनाएको छ ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images