गाउँपालिकाका एक कर्मचारी मृत फेला
  • SNN Nepal

  • बैतडी। बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् ।

    गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

    नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति बुझ्नका लागि जाँदै गरेका बेला अपराह्न ४:३० बजे सिगास–२ कुर्चेनेटा भन्ने स्थानमा मृत भेटिएका हुन् ।

    उनले भने, “नयाँ नियुक्ति लिनका लागि गाउँपालिका जाँदै गर्दा पेट दुख्यो भनेर एक्कासि ढलेको भन्ने बुझिएको छ ।”

    गाउँपालिका केन्द्र गर्जे जाँदै गरेका भट्ट अचानक पेट दुख्यो भनेर अस्पताल जान्छु भनी बाटोबाटै फर्किएको र फर्केको ठाउँबाट ५०० मिटर वर आउँदा एक्कासि ढलेको बताइएको छ ।

    भट्टको मृत्युको कारण भने खुल्न सकेको छैन । शव परीक्षण आज मात्रै गरिने इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images