अबैध रुपमा औषधि खरिद बिक्रीको आरोपमा दुई जना पक्राउ
  • SNN Nepal

  • कैलाली। चिकित्सकको स्वीकृति बिना अबैध रुपमा औषधि बिक्री र खरिद गरेको आरोपमा प्रहरीले धनगढीमा २ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१३ का २१ वर्षीय सोमराज जोशी र सोही उपमहानगरपालिका–१ स्थित सन्तोष मेडिको प्रालिमा काम गर्ने २३ वर्षीय करण चौधरी छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुमध्ये जोशी औषधि खरिद गर्ने र चौधरी औषधि बिक्री गर्ने कार्यमा संलग्न रहेका थिए ।

    जोशीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले २० ट्याब्लेट स्पास्मो, २ क्याप्सुल परलिन र १२ क्याप्सुल प्रेगास्टार सहित फेला पारी आइतबार पक्राउ गरेको हो ।

    थप अनुसन्धानको क्रममा उनले उक्त मेडिकोबाट औषधि खरिद गरेको खुल्न आएपश्चात चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको हो । अहिले घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images