प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रियसभा सदस्यले देखाए कालो क्याप
  • SNN Nepal

  • काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी सोमबार राष्ट्रियसभामा बेग्लै गेटअपमा देखिए । उनले कालो सर्ट, कालै कोट र कालो क्याप लगाएका थिए । अरु बेला प्रायः ढाका टोपी लगाउँथे ।

    उनी त प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेका विरोधमा यो गेटअफमा आएका रहेछन् ।

    राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले प्रतिनिधिसभा विघटन गरेपछि लाखौं मानिस कालो झण्डा बोकेर सडकमा आउनुपर्ने भएपनि कोरोनाका कारण सम्भव नभएको बताए ।

    सांसद रायमाझीले भने, ‘सदनमा कालो झण्डा देखाउने अवस्था नभएका कारण विरोधको स्वरुप हो यो ‘ ।’

    त्यसपछि उनले आफ्नो शिरमा भएको कालो क्याप हातमा लिए र कालो झण्डा झैं हल्लाए ।

     

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images