झापामा मंगलबारदेखि सार्वजनिक यातायाता र होटल–रेष्टुरेन्ट खुला गर्दै
  • SNN Nepal

  • झापा। आठौँ पटक निषेधाज्ञा थपिएको झापामा सार्वजनिक यातायात खुला गरिएको छ ।

    कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति (डीसीसीएमसी) ले मंगलबार (भोलि) देखि लागू हुने गरी सार्वजनिक यातायात खुला गर्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

    अब झापाबाट मोरङ्, सुनसरी र ईलामका लागि समेत जोरबिजोर प्रणालीमा सवारी साधन चल्ने भएका छन् ।

    चारै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकपछि सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा खुला गर्ने निर्णय गरिएको हो ।

    यो निर्णयसँगै अब सबै प्रकारका सवारी साधन जोरबिजोर प्रणालीमा चल्ने भएका छन् । अत्यावश्यकीय सवारी साधनमा भने यो नियम लागू हुने छैन ।

    सवारी साधनमा मापदण्ड

    सवारी साधन सञ्चालनका लागि भने प्रशासनले मापदण्ड तोकेको छ । जस अनुसार सार्वजनिक सवारी साधनमा यी नियमको पालना गर्नु पर्ने छ :

    सीट क्षमता भन्दाबढी यात्रु राख्न नपाइने ।
    यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने ।
    सवारी साधनको ढोकामा सेनिटाईजरको व्यवस्था गर्नु पर्ने ।
    चालक, सहचालक र सहयोगीले अनिवार्य मास्क, पन्जा र फेस शिल्ड लगाउनु पर्ने ।
    सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्नु पर्ने ।
    यी नियमहरुको ट्राफिक प्रहरीले नियमन गर्ने पनि प्रशासनले जनाएको छ । असार २१ गते राति १२ बजेदेखि असार ३१ गते राति १२ बजे सम्मका लागि यो नियम बनाईएको हो ।

    होटल रेष्टुरेन्ट पनि खुला

    प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले सुरक्षाका मापदण्डको पालना गर्दै होटल तथा रेष्टुरेन्ट साँझ ५ बजेसम्म खुला गर्ने निर्णय गरेको छ । ५ बजेपछि भने खाना–खाज लिएर मात्र जान पाउने ‘टेकअवे’ व्यवस्था लागू हुने छ ।

    झापामा वैशाख २३ गतेदेखि निषेधाज्ञा जारी छ । प्रशासनले क्रमिक रुपमा खुकुलो व्यवस्थासहित निषेधाज्ञालाई थप गर्दै आएको छ ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images