ने. वि. संघ पोखरा विश्वविद्यालयको सात दिने अल्टिमेटम
  • SNN Nepal

  • पोखरा ।  नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयले विश्वविद्यालय तथा यसको मातहतमा रहेका सम्पूर्ण विद्यार्थीहरूलाई कुल शुल्कमा ३० प्रतिशत छुट दिन माग गरेको छ ।

    विश्वविद्यालयका ने. वि.संघ अध्यक्ष दिनेश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ “कोभिडले गर्दा लाखौँ विद्यार्थीहरुको अभिभावकले पनि रोजगारी गुमाउनुपर्ने अवस्था सिर्जना भएकाले पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कलेजले लिने र विश्वविद्यालयले लिने शुल्क तिर्न गाह्रो भइरहेको अवस्थामा कम्तीमा पनि कुल शुल्कको ३० प्रतिशत रकम छुट गर्न र पोखरा विश्वविद्यालयसँग सम्बन्धन कलेजलाई पनि छुट गर्न लगाउन विश्वविद्यालयसँग जोडदार माग गर्दछौँ ।”

    संघले उक्त विषयमा गम्भीर भई सात दिन भित्र प्रक्रिया थालनी गर्न विश्वविद्यालयसँग माग गरेको छ । प्रक्रिया थालनी नगरे विश्वविद्यालयले नै सम्पूर्ण जिम्मेवारी लिनुपर्ने संघको चेतावनी रहेको छ ।

    209429007_1857172414487608_4270401832971011394_n.jpg

     

     

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images