पाल्पामा पहिरोमा ६ घरमा क्षति, दुइको मृत्यु, विस्थापितहरु विद्यालयमा आश्रय लिँदै
  • SNN Nepal

  • पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-५ मा पहिरोले ६ घर बगाउँदा २ जनाको मृत्यु भएको छ ।

    गएराति झरेको पहिरोका कारण सात जना घाइते भएका छन् । पहिरोमा बेपत्ता भएका ४ बर्षे बालक आरभ परियारको ७ घण्टापछि शव भेटिएको छ भने तिनाउ गाउँपालिका ५ का ४५ वर्षीय वीरबहादुर गुरुङ पुरिएको अबस्थामा बिहानै शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
    पहिरोमा परि घाइते ७५ बर्षकी सुन्दरी गुरुङ्ग सिरियस हुनुहुन्छ । यस्तै पहिरोले स्थानीय २६ बर्षका रमेश परियार, २४ वर्षकी पुजा परियार, ५० वर्षका बल बहादुर पुन, २० वर्षका आकाश तामाङ, २२ वर्षका दिल बहादुर राना र दिपेश पुन घाइते हुनुभएको छ । उहाँहरुको अवस्था सामान्य छ । बिहान पहिरो झरेपछि पहिरोमा पुरिएका तथा घाइतेलाई उद्धार गर्ने क्रममा कालीगण्डकी फ़ाउण्डेशन नेपालको एम्बुलेंस बिरामी ओसारेको थियो । रामपुर क्षेत्रबाट चल्ने सो एम्बुलेन्स प्रभासमा रहेको बेला पहिरोले झरेर आपतकालीन अबस्था सिर्जना भएपछि पहिरोमा परेकाको उद्धारमा गएको हो । स्थानीय र प्रहरीले पहिरोमा पर्नेहरुको खोजी गरेको थियो ।


    भेटिएकाहरुको थप उपचारको लागि मानवीय सेवाले पहिरोमा पुगेर अस्पतालसम्म निशुल्क ल्याएको कालीगण्डकी फाउण्डेशन नेपालका एम्बुलेन्स चालक महेन्द्र तिवारीले बताउनुभयो । पहिरो पिडिरतलाई कल्याणी आधारभूत विद्यालयमा राखिएको छ ।
    पहिरोमा स्थानीय नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको हो ।
    हिजो रातिदेखि निरन्तर रुपमा परेको पानीले बन्स रहेको पाल्पा -बुटवल सडकको सिद्धार्थ राजमार्गको पहिरो फाल्ने क्रम जारी छ। अहिले मोटरसाइकल चल्ने बनाइएको छ । एकतर्फी खुलाउने प्रयास भएको छ । आधा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको थियो । अबेरसम्म निरन्तर पानी परिरहेपछि सडक खुलाउन नसकिदा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत र बागलुङ पुग्ने र बुटवल निस्कने सयौ सवारीसाधन र यात्रु अलपत्र परेका छन् । अहिले पनि पहिरोको जोखिम उत्तिकै छ ।
               चुरे महाभारतको यो क्षेत्रमा अन्धाधुन्ध दोहनको कारण पहिरोको झोखिम बर्सेनि हुँदै आएको छ । गतबर्ष पनि तिनाहुकै चुरेमा ढुङ्गखानी क्षेत्रको दोहन बाट पहिरो जादा धेरैले ज्यान गुमाएका थिए । तिनाऊ खोला र आसपासको क्षेत्र एवं तिनाऊका सहायक खोलाको छेउछाऊमा वर्षेनी मानिसहरूले ज़्यान गुमाउन बाध्य छन् । साथै लाखौ करडौंको जानमालको क्षति हुने हुँदै आएको छ ।
    पर्यावरणविद् एवं प्रकृतिप्रेमीहरूले लगातार चुरे महाभारत क्षेत्रको सरंक्षण एवं व्यवस्थापनको माग उठाउदै आएका छन् । हाल कालीगण्डकी डाईभर्सनको विवादको एक प्रमुख बिन्दु यो पनि हो । राज्यले अहिले योजनामा राखेको कालीगण्डकी डाईभर्सनको २७ किमी सुरुङ मार्ग मार्फ़त पानी तिनाहु लैजादा यो क्षेत्र झन् उच्च जोखिममा पर्न सक्छ ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images