चोरीको कारसहित तुलसीपुरबाट एक जना पक्राउ
  • SNN Nepal

  • दाङ। चोरीको कारसहित प्रहरीले दाङको तुलसीपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार धादिङबाट चोरेर दाङ पुर्‍याइएको बा १६ च ८७३५ नम्बरको कारसहित तुलसीपुर उपमहानगरपालिका–५ न्युरोडका १७ वर्षीय नवीन सार्कीलाई पक्राउ गरिएको हो ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालका अनुसार उनले असार १५ गते राति उक्त कार धादिङबाट चोरेर ल्याएको स्वीकारेका छन् ।

    कार धादिङका दिनेश रुपाखेतीको रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images