गुल्मीमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि,थप २१ जना कोरोना संक्रमण मुक्त
  • गोकर्ण पाण्डे

  • गुल्मी। गुल्मीमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षण गर्दा २१ जना र पिसिआर परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। जिल्लाको रेसुङा नगरपालिकामा एक जना,रुरुक्षेत्र गाउँपालिकामा चार जना,चन्द्रकोट गाउँपालिकामा तीन जना,कालीगण्डकी गाउँपालिकामा दुई जना,छत्रकोट गाउँपालिकामा नौ जना,धुर्कोट गाउँपालिकामा दुई जना, इस्मा गाउँपालिकामा दुई जना,जना गरि २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ५३१ पुगेको छ।

    पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल तिन हजार दुई सय २९ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।

    गुल्मीमा दोस्रो कोरोना लहरका कारण गुल्मीमा ९१ जनाले ज्यान गुमाएका छन्।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images