जसपा विवाद निरुपणका लागि आयोगद्वारा इजलास गठन
  • SNN Nepal

  • काठमाडौँ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न इजलास गठन गरेको छ ।

    आयोग पदाधिकारीहरूको बुधबार भएको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो ।

    आयोगले सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुवै पक्षलाई बोलाउने निर्णय भएको छ । सुनुवाइका लागि कानुन व्यवसायी राख्ने भए साथै ल्याउन पनि भनिएको छ ।

    जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगमा निवेदन दिएको थियो ।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images