निर्धन उत्थान चनौलि शाखाद्वारा बिमा रकम बितरण
  • झबिन भण्डारी

  • चितवन । निर्धन उत्थान लघुबित्त बित्तिय सस्था चनौलि चितवन शाखाले सामाजिक दुरिकायम गर्दै एक कार्यक्रम आयोजना गरि बिमा रकम बितरण गरेको छ।
    जितपुर महिला समुहकि सदस्य बिजया कुमालको को मृत्यु पश्चात् मृतकको पति लिलबहादुर कुमाललाइ शाखा कार्यालय चनौली का शाखा प्रबन्ध टिकाराम गिरि तथा भरतपुर महानगरपालिका वडा न २८ का वडा सदस्य नेत्र प्रसाद आचार्यले सयुत्त रुपमा नगद रु १ लाख ३० हजार रुपैया रकम हस्तान्तरण गर्नुभएको थियो।
    कार्यक्रम मा बोल्दै वडा सदस्य आचार्यले निर्धन उत्थान लघुबित्तले सदस्यहरुको कर्जाको सुरक्षण तथा परिवारमा समेत आर्थिक टेवा पुर्याएको र यसले सामाजिक कार्य समेत गरेको देख्दा आफुलाइ खुसी लागेको बताए।अर्का बक्ता शाखा प्रबन्धक टिकाराम गिरिले निर्धन उत्थान लघुबित्त ले समाजमा बित्तिय तथा गैरबित्तिय कार्य गर्दै आएको , समस्या परेका समूह सदस्य लाई सधै भरी साथ सहयोग गर्ने, यस बिपत मा समेत निर्धन उत्थान लघुबित्तले पाकेको ब्याज मा 6.5% ब्याज छुट , समूह सदस्यलाई सुरक्षित तवरले कार्य गर्न माक्स, साबुन , सेनिटाइजर लगायत स्वास्थ सामाग्री बितरण गरेको बताउनुभयो।
    निर्धन उत्थान लघुबित्तले कर्जा लगानी गर्दा सदस्य तथा उनिहरुको पतिको समेत न्युनतम बिमा शुल्क लिएर रिलायबल इन्स्योरेन्स सग ग्रामीण कर्जा बिमा गरेको हुन्छ ।सोहि बिमा दाबी रकम बापत मृतक को परिवारलाइ सो रकम बितरण गरिएको हो।
    कार्यक्रम मा समूह सदस्य, स्थानीय बुद्धिजीवी ,स्थानीय बासिन्दा को उपस्थिति रहेको कार्यक्रम को सन्चालन लेखापाल अमृता पनेरुले गर्नु भएको थियो।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images