यूएईले दियो नेपाली डाक्टरलाई ‘गोल्डेन भिसा’
  • SNN Nepal

  • दोहा। संयुक्त अरब इमिरेट्स ( यूएई)मा कार्यरत एक नेपाली डाक्टरले गोल्डेन भिसा प्राप्त गरेका छन्।

    विगत ४ वर्ष देखि यूएईको आवुधावीस्थित बुर्जिल अस्पतालमा चर्म रोग विशेषज्ञको रुपमा कार्यरत विराटनगरका डा. रविन्द्रकुमार यादवले गोल्डेन भिसा पाएका छन्।

    सन् २०१३ मा यूएई आएका डा. यादव चर्म रोग विशेषज्ञ हुन्। यूएईको अल ऐन रहेको अल नुर अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका डा. यादव हाल बुर्जिल अस्पताल आवुधावी कार्यरत छन्।

    त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगन्जबाट एमबीबीएस उत्तीर्ण गरेका डा. यादवले बनारस हिन्दू युनिभर्सिटी बाराणासी भारतबाट एमडी गरेका थिए।

    यूएई सरकारले गत केही महिनादेखि विशेष व्यक्ति र पेशामा आवद्ध गैर नागरिकहरुलाई गोल्डेन भिसा दिँदै आएको छ। यादव यूएई सरकारबाट गोल्डेन भिसा प्राप्त गर्ने पहिलो नेपाली डाक्टर बनेका छन् । यो भिसाको अवधी १० वर्षको हुनेछ ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images