जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
  • SNN Nepal

  • उदयपुर । कटारीबाट रुपाटार जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली–५ का २५ वर्षीय रमेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमले जानकारी दिए ।

    कटारी बजारबाट ताप्लीको रुपाटार जाँदै गरेको प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो जीप डुढेस्थित भित्री सडकखण्डको उकालोमा चढ्न खोज्दा चिप्लिएर दुर्घटनामा परेको उनले बताए ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images