कांग्रेस केन्द्रीय सदस्य डीना द्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग
  • SNN Nepal

  • मकवानपुर ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले मकवानपुरको थाहा नगरपालिकालाई १ थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छिन् । बिहीबार थाहा नगरपालिकामै पुगेर उनले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी हुन् ।

    डीनाले थाहा नगर प्रमुख लवशेर बिष्टलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेकी हुन् । कोरोना भाइरसको कारण अक्सिजन अभावको समस्या नपरोस् भन्ने उद्देश्यले कन्सन्ट्रेटर सहयोग गरिएको उनले बताइन् । बाढीपहिरोको विपत्ति र कोरोना महामारीको कारण जनताले ज्यान गुमाइरहँदा सरकार सत्ताको खेलमा रुमल्लिएको नेतृ डीनाको भनाई थियो ।

    महामारीको अवस्थामा जनताले आवश्यक सचेतता अपनाउनुपर्ने उनको सुझाव रहेको थियो । कोभिड संक्रमितको उपचारमा अक्सिजन अत्यावश्यक भएको र नेपाली काग्रेस नेतृत्वबाट थाहा नगरपालिकालाई अक्सिजन कन्सेन्ट्रेटर सहयोग प्राप्त भएकोमा थाहा नगर प्रमुख लवशेर बिष्टले धन्यवाद ज्ञापन गरे । विभिन्न संघसंस्थाको सहयोग र नगरपालिकाको लगानीमा पर्याप्त अक्सिजनको व्यवस्था भएको उनले जानकारी दिए ।

    कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य दिनेश उपाध्याय, बागमति प्रदेशका प्रदेशसभा सदस्य सन्त चेपाङ, कांग्रेस जिल्ला सदस्य प्रमोद गोपाली, रत्नबहादुर गोले, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ लगायतको उपस्थिती थियो । कांग्रेस केन्द्रीय सदस्य डीनाले यसअघि पनि जिल्लाको विभिन्न स्थानमा खाद्यान्न, कन्सन्ट्रेटर तथा स्वास्थ्य सामग्री सहयोग गरेकी थिइन् ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images