हेटौंडामा १२० किलो गाँजा बरामद
  • SNN Nepal

  • काठमाडौँ। मकवानपुर हेटौंडाबाट प्रहरीले १ सय २० किलो ९ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

    प्रहरीका अनुसार वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका –५ मा रोकिराखेको प्रदेश ३–०१–०२२ च ७२३७ नम्वर को बोलेरो पिकअप गाडीमा लुकाइ छिपाई राखिएको अवस्थामा गाँजा बरामद् गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी डीएसपी जयश्वर रिमालका अनुसार गाडीका चालक प्रहरी देख्नासाथ फरार भए र शंकाको आधारमा चेकजाँच गर्दा अवैध गाँजा फेला पारेको हो ।

    फरार भएका गाडीका चालकको खोजी कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images