बनेपा बजारमै गाडी डुबाउने भल
  • SNN Nepal

  • काठमाडौं । काभ्रेको बनेपा बजारमै गाडी डुबाउने भल बग्दा स्थानीय मर्कामा परेका छन् ।

    पुण्यमाता खोलाको बाढीले हरेक वर्ष सडक डुबानमा पार्दछ । शुक्रबार बिहान पनि साना गाडी डुबाउने खालको भल बगेको छ ।

    भलले आधा घण्टा जति अवरुद्ध भएको सडक अहिले भने खुलिसकेको काभ्रे प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

    त्यहाँ सडक होचो भएकाले वर्षायाममा यस्तो समस्या आउने गरेको उनको भनाइ छ । एसपी खत्रीले भने, ‘यो सधैंको समस्या हो, सडक अलि माथि नउठाएसम्म यस्तो समस्या आइरहन्छ ।’

    फोटो : देवराज कार्की/फेसबुक

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images