संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई जना पक्राउ
  • SNN Nepal

  • काठमाडौं । संरक्षित वन्यजन्तुको आखेटोपहारसहित प्रहरीले काठमाडौंको बौद्धबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ का २८ वर्षीय सविन तामाङ र रामेछापको लिखु गाउँपालिका–५ नागदह घर भई भक्तपुरको पुरानो ठिमी बस्ने २६ वर्षीय हितबहादुर मगर छन् ।

    संरक्षित वन्यजन्तुको एक थान छाला र सालकको एक थान खपटा अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images