बुद्धभुमीद्वारा दुग्ध उत्पादनमा आधारित अनुदान बितरण
  • SNN Nepal

  • बुद्दभुमी । बुद्धभुमी नगरपालिकाले गाई भैंसी पालक किसानहरुलाई दुग्ध उत्पादनमा आधारित अनुदान बितरण गरेको छ ।

    आज बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले ६ जना किसानलाई एक लाख चौबिस हजार चार बाउन्न रुपैयाको चेक रकम हस्तान्तरण गर्नु भएको छ ।

    नगरपालिकाले सुचना प्रकाशित गरि प्रस्तावना माग गरे अनुसार प्रती लिटर २ रुपैयाका दरले दूध डेरिले दिएको रिपोर्टका आधारमा सो रकम बितरण गरिएको बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनु भयो । नगरपालिकाले आ.व.०७७/०७८का लागि चार लाख बिनियोजन गरेको थियो ।

    कार्यक्रममा बोल्दै पुरस्कृत राम प्रसाद भुसालले नगरपालिकाले किसालको हौसला बढाउन यो सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले नगरले यो पहिलो सुरुवात गरेको बताउनु भयो । दुधमा आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप यसलाइ अगाडि बढाएको बताउनु भयो । विभिन्न उत्पादनलाई बडोत्तरी गर्ने उद्देश्यले यो कार्यक्रम गरेको बताउनु भयो । नगरले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने र आगामी दिनमा पनि किसानहरु सङ्ग परामर्श गरि कार्यक्रमहरु संचालन गर्दै जाने बताउनु भयो । कोभिड बाट सबै जना सजग र सचेत रहन आग्रह गर्दै ब्यवसायमा वृद्धिको कामना गर्नु भएको छ ।

    कार्यक्रम बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षता , उप प्रमुख मिरा थारु,प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल , नगर प्रवत्ता पवन थारु ,कार्यपालिका सदस्य खिमकला पान्डे,फागु धोबिको आथित्यता सम्पन्न कार्यक्रममा कार्यक्रमको संचालन कार्यकमको संचालन प्रशासकिय अधिकृत राजन पोख्रेलले गर्नु भएको थियो ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images