धनगढीमा ताजा जनादेशको पक्षमा अनेरास्ववियूको प्रर्दशन
  • SNN Nepal

  • धनगढी । धनगढीमा नेकपा एमाले निकट अनेरास्ववियूले ताजा जनादेशको पक्षमा शुक्रबार प्रर्दशन गरेको छ ।

    धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको मुख्य गेट अगाडि अनेरास्ववियूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रर्दशन गरेको हो ।

    राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिकाविरुद्ध एकजुट बनौं, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं भन्ने नारासहित प्रर्दशन गरिएको अनेरास्ववियू कैलालीका संयोजक किशोर शाहले बताए ।

    प्रर्दशनमा सहभागी विद्यार्थीहरुले बहुदलीय लोकतान्त्रिक प्रणालीमाथिको आक्रमण स्वीकार्य छैन, संवैधानिक सर्वोच्चता कायम गर, सांसदलाई दल विहीन करार गरेर बहुदलीय व्यवस्था जोगिन सक्दैन्, विद्यार्थी र शिक्षकलाई खोप दिई परीक्षा र शैक्षिक सत्र सुरु गर जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images