एमाले कार्यदलले सहमतिको मस्यौदालाई अन्तिम रूप दिँदै
  • SNN Nepal

  • काठमाडौँ। नेकपा एमालेको विवाद समाधान कार्यदलमा सहमतिका लागि तयार गरिएको मस्यौदालाई अन्तिम रुप दिन छलफल भइरहेको छ ।

    कार्यदलको दुवै पक्ष शुक्रबार मध्याह्नदेखि सिंहदरबारमा सहमतिको मस्यौदामा छलफलमा जुटिरहेका छन् ।

    बैठकबाट बाहिरिएका कार्यदल सदस्य रघुजी पन्तले मस्यौदामा दुवै पक्षको सुझाव समेटेर अन्तिम रुप दिने गृहकार्य भइरहेको जानकारी दिएका छन् ।

    कार्यदलको मस्यौदाले अन्तिम रुप पाएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पेश गरिने उनले बताए । उनले आजै मस्यौदालाई अन्तिम रुप दिने प्रयास भइरहेको जानकारी दिए । पार्टीको एकतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर केही बुँदामा थप धारणा राखेको र त्यसलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिइने पन्तले बताए ।

    त्यस्तै कार्यदलका सदस्य शंकर पोखरेलले सहमतिको प्रस्तावमाथि टुंगोमा पुग्नेगरी छलफल भइरहेको जानकारी दिए ।

    एमालेको विवाद समाधानका लागि कार्यदल केही दिनदेखि निरन्तर छलफलमा छ । तर ठोस सहमति भने हुन सकेको छैन ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images