जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश
  • SNN Nepal

  • काठमाडौँ। साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको खेलमा डेनिस शापोभालोभलाई पराजित गर्दै जोकोभिच फाइनल प्रवेश गरेका हुन् ।

    जोकोभिचले डेनिसलाई ७-६ (७-३),७-५ र ७-५ को सेटमा पराजित गरे । यससँगै पाँच पटक च्याम्पियन जोकोभिच सातौं पटक विम्बल्डनको फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

    जोकोभिचले अब उपाधिका लागि इटालीका सातौं वरीयताका माटियो बेरेटिनीसँग खेल्ने छन् ।

    यसैबीच विम्बल्डन टेनिसको महिलातर्फको उपाधिका लागि एस लिघ बार्टी र क्यारोलिना प्लिस्कोभाबीच प्रतिस्पर्धा हुने भएको छ ।

    शीर्ष वरियताकी अष्ट्रेलियन खेलाडी बार्टी र चेक रिपब्लिककी आठौं वरियताकी प्लिस्कोभा बीच प्रतिस्पर्धा हुन लागेको हो ।

    बार्टीले जर्मन खेलाडी पूर्व च्याम्पियन एन्जेलिक कर्वरलाई ६–३ र ७–६ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन ।

    त्यस्तै प्लिस्कोभाले बेलारुसकी आर्याना साबालेन्का माथि ५–७, ६–४ र ६–४ को सेटमा जित निकाल्दै फाइनलको यात्रा तय गरेकी हुन् । दुवैले पहिलो पटक विम्बल्डनको फाइनलमा खेल्न लागेका हुन् । फाइनल खेल आज हुँदैछ ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images