‘वि वान्ट इलेक्सन’ भन्दै सुर्खेतमा अनेरास्ववियुको प्रदर्शन
  • खगेन्द्र हमाल

  • सुर्खेत । राजनीतिक निकासका लागि ताजा जनादेशको माग गर्दै सत्तारुढ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सुर्खेतमा प्रदर्शन गरेको छ । संगठनको केन्द्रीय कार्यक्रम अनुसार अनेरास्ववियूले देशव्यापी रुपमा प्रदर्शन गरिरहेका बेला सुर्खेतमा पनि प्रदर्शन गरेको हो ।

    विद्यार्थीहरूले ‘वि वान्ट इलेक्सन’(हामी चुनाव चाहन्छौं)को नारा लगाएका थिए । उनीहरूले कांग्रेस, माओवादी केन्द्रको गठबन्धनलाई निर्दलीय गठबन्धनको संज्ञा दिएका छन् । राजनीतिक अस्थिरता निर्दलीय सोच र ,प्रवृत्तिविरुद्ध एकजुट बनौं, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने जस्ता नाराका साथ अनेरास्ववियु सडकमा उत्रेको थियो।

    मध्यपश्चिमाञ्चल बिश्वबिद्धालय को गेट देखि नाराजुलुस सहितको र्याली मंगलगढिमा गएर कोणसभा गरि समापन गरिएको थियोे ।कोणसभालाई अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य प्रेम खड्काले सम्बोधन गरेका थिए।कोणसभा को संचालन जिल्ला कमिटी सह- संयोजक गणेश शाहिले गरेका थिए।कोणसभालाई केन्द्रिय कमिटी सचिवालय सदस्य प्रेम खड्काले सम्बोधन गर्दै भने ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प छैन भन्दै नेपाली काङ्ग्रेस र नेकपा माओवादीलाई निर्वाचन देखि डराएको आरोप लगाएका थिए।खड्काले निर्वाचन बाट ताजा जनादेश ल्याएर देखाउन गठबन्धनलाई चेतावनी दिएका थिए।

    कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्यद्वय प्रेम खड्का, चक्र शाही, केन्द्रिय सदस्य अम्मर शाही, सुर्खेत जिल्ला कमिटी सह-संयोजक गणेश शाही, म. प. बि. बि. क्याम्पस कमिटी अध्यक्ष निकुञ्ज पाण्डे, केन्द्रिय सदस्य दिपक सिंह लगाएत अनेरास्ववियु सुर्खेत जिल्ला कमिटी, सुर्खेत क्याम्पस शिक्षा र म. प. बि. बि. कमिटी का नेता , कार्यक्रताको सहभागीतामा सम्पन्न भएको हो ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images