पछिल्लो २४ घण्टामा २ हजार १६९ जनामा कोरोना संक्रमण
  • SNN Nepal

  • काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ५३० जनाको पीसीआर परीक्षणबाट १ हजार ३५३ र ३ हजार ८८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१६ जना गरी जम्मा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ४३२ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images