प्रचण्ड र देउवाबीच बूढानीलकण्डमा करिब एक घण्टा छलफल
  • SNN Nepal

  • काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । प्रचण्ड र देउवाबीच बूढानीलकण्ठमा भएको भेटवार्ता करिब एक घण्टा चलेको थियो ।

    पाँच दलीय गठबन्धबीच धेरै दिनदेखि वार्ता हुन नसकेको अवस्थामा प्रचण्डले देउवालाई भेटेका हुन् । भेटमा समसामयिक राजनीतिक घटना क्रमका बारेमा छलफल भएको थियो ।

    यसअघि प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेका थिए । कोटेश्वर पुगेर नेपाललाई भेटेका उनले गठबन्धनलाई नछोड्न आग्रह गरेका थिए ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images