आज बसेको कार्यदलको बैठक पनि विनानिष्कर्ष सकियो
  • SNN Nepal

  • काठमाडौँ। एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको ‘निर्णयक’ हुने भनिएको आजको बैठक पनि विनानिष्कर्ष सकिएको छ ।

    आज बसेको कार्यदलको बैठकमा समेत विवाद समाधानको प्रयास असफल भएपछि भोलि फेरी बैठक बस्ने गरी सकिएको छ ।

    बैठकमा भएको छलफल सकारात्मक भएको र भोलि सहमति हुने नेता गोकर्ण विष्टले जानकारी दिए । उनले भने,‘एमालेभित्रको अविश्वास कम भएको छ । सार्थक परिणाम भोलि नै सुन्न पाउनुहुन्छ ।’

    नेता विष्टले भोलिसम्ममा विवाद समाधान हुने समेत दाबी गरे ।

    उनले भने,‘विवाद समाधानको अन्तिम विन्दुसम्म आइपुगेका छौं । एक हदसम्म निष्कर्षमा पुग्यौं । पार्टीभित्र देखिएको असामन्य अवस्था समाधानका लागि जुन ढंगले काम गर्नुपर्थ्यो त्यसका कारण केही लामो समय लाग्यो । पार्टीभित्र देखिएको विवादलाई एकठाउँमा ल्याएर आजै सक्छौँ भन्ने चाहना थियो । तर केही समय पार गर्नुपर्ने अवस्था देखापरेको थियो । अब भने लगभग अन्तिम निष्कर्षमा आएका छौं । एमालेलाई एकतावद्ध बनाएर भोलि सार्थक सन्देश दिने अवस्थामा आइपुगेका छौं ।’

    यसअघि वरिष्ठ नेता माधवकुमार नेपाललाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटेका कारण विवाद समाधान नभएको भन्ने भनाइमा सत्यता नरहेको नेता विष्टले दाबी गरे ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images