सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु
  • SNN Nepal

  • जनकपुरधाम । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर ८ बस्ने ५५ बर्षीय जयनारायण महतोको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आफ्नो घरमा मोटर जडान गर्ने क्रममा करेन्ट लागेका उनलाई उपचारको लागि जिल्ला अस्तपाल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

    मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

     

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images