दिनभरको वर्षाले उपत्यकामै डुवान
  • SNN Nepal

  • काठमाडौं । शनिबार दिनभर काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा ठूलो वर्षा भयो । दिउँसो केहीबेर त घनघोर वर्षा पनि भयो ।

    वर्षामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौंका धेरै क्षेत्र जलमग्न भए भने खोलामा पानीको सतह बढ्दा किनार क्षेत्रका सडक, घर र संरचना डुवानमा परेका छन् ।

    काठमाडौंको पुतलीसडक न्युप्लाजामा भने ढल थुनिएका कारण सडक र घर जलमग्न भए । सडकमा एक फिटभन्दा बढी पानी जमेको थियो ।

    निरन्तरको वर्षाले काठमाडौँको अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएको छ । धोबीखोला करिडोर आसपास क्षेत्र डुबानमा परेको छ ।

     

     

    भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ, मध्यपुरथिमिका कतिपय सडकमा पानी जमेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणमा शनिबार काठमाडौंमा ६९।४ मिलीमिटर वर्षा भएको छ ।

    हेर्नुहोस् तस्वीरहरु

     

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images