प्रधानमन्त्री ओलीद्वारा वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्‍घाटन
  • SNN Nepal

  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका छन्।

    आइतबार बिहान प्रधानमन्त्री ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका हुन्। अस्पतालका प्रमुख डा.जागेश्वर गौतमले कोभिड-१९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिए।

    नवनिर्मित भवनबाट अस्पतालले आधुनिक चिकित्सा प्रणाली अपनाइ सेवामा गुणस्तर कायम गर्ने डा-गौतमले बताए।

    प्रधानमन्त्री ओलीले २०७४ फागुन २५ गते भवनको शिलान्यास गरेका थिए।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images