एमाले कार्यदलको बैठक सुरु
  • SNN Nepal

  • काठमाडौँ। नेकपा (एमाले) को एकताका लागि गठित कार्यदलको बैठक सुरु भएको छ । निर्धारित समयभन्दा केहि ढिलो गरी बैठक सुरु भएको हो ।

    बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसिरहेको छ । कार्यदलका सदस्यहरूले आज पार्टी विवादबारे अन्तिम सहमति गर्ने बताएका छन् ।

    शनिबारको बैठकपछि नेताहरूले आज सुखद् समाचार आउने प्रतिक्रिया दिएका थिए । शनिबार कार्यदलले एकताका सम्बन्धमा निष्कर्ष निकाल्न नसकेपछि आज पुन: बैठक बसेको हो ।

    नेताहरूले कार्यदलमा शुक्रबार नै सहमति जुटिसकेको र शनिबार त्यसलाई अन्तिम रूप दिने दाबी गरेका थिए । तर, शनिबार पनि कार्यदलको बैठकले सहमतिको ठोस निष्कर्ष निकाल्न भने सकेको थिएन ।

    कार्यदलका सदस्यहरूले एमाले एकताका लागि आज सुखद समाचारु आउने दाबी गरेका छन् । शनिबार एक घण्टाभन्दा बढी समय बसेको कार्यदलको बैठकले सहमति जुटाउन नसके पनि वार्ता भने सकारात्मक रहेको कार्यदलका सदस्यहरूको भनाइ थियो ।

    शनिबारको बैठकपछि कार्यदलका सदस्य गोकर्ण विष्टले आइतबार (आज) सहमति जुट्ने दाबी गर्दै सुखद् समाचार आउने बताएका थिए ।

    पार्टी एकताका लागि एमालेले दुवै पक्षका पाँच/पाँच गरी १० सदस्यीय कार्यदल गठन गरेका छन् । कार्यदलले नौ बुँदे सहमतिको मस्यौदा तयार पारेको बुझिएको छ । कार्यदलबीचमा जुटेको सहमतिलाई स्थायी कमिटीले अनुमोदन गर्ने तयारी छ ।

    माधव नेपालले भने अदालतको फैसला प्रभावित पार्ने गरी सम्झौता नगर्ने पक्षमा छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने अदालतको फैसला आउनुअघि नै एमाले एक रहेको सन्देश दिने पक्षमा देखिन्छन् ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images