विपक्षी गठबन्धनविरुद्ध युवा संघ र खेलकुद महासंघको प्रदर्शन
  • SNN Nepal

  • काठमाडौँ।  सत्तारुढ नेकपा एमाले सम्बद्ध युवा संघ र नेपाल खेलकुद महासंघले विपक्षी गठबन्धनविरुद्ध काठमाडौँमा प्रदर्शन गरेका छन् ।

    वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै उनीहरूले काठमाडौँमा प्रदर्शन गरेका हुन् ।     

    उनीहरुले सरकारले संविधानअनुसार नै काम गर्दा पनि घेराबन्दीमा पार्न खोजिएको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘आइएम वीथ केपी ओली, ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गरौं, संविधानको कार्यान्वयन गरौं’, ‘संवैधानिक सर्वोच्चता कायम गरौं, व्यवस्था विरोधी कदम बन्द गरौं’ लगायतका प्लेकार्ड बोकेका थिए । युवा संघले बिजुली बजारबाट माइतीघर मण्डलासम्म जुलुस निकालेको थियो ।

    त्यस्तै एमाले निकट खेलकुद महासंघले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा, संविधान र ओलीको डमीसहित प्रदर्शन गरेको छ । त्रिपुरेश्वरमा गरिएको प्रदर्शनका क्रममा केपी शर्मा ओलीको पक्षमा नाराबाजी गरेका थिए ।

    खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले सरकारलाई असफल बनाउने काम भएको र मुलुकमा अराजक अवस्था सिर्जना गर्न खोजिएको भन्दै खबरदारी गरिएको बताए ।

    एमाले निकट संगठनले जनताको सार्वभौमसत्ताको रक्षा र विपक्षी गठबन्धनको असंवैधानिक तथा राष्ट्रघाती कदमका विरुद्ध निरन्तर प्रदर्शन गर्ने जनाएका छन् ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images