अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप आज नेपाल आइपुग्ने
  • SNN Nepal

  • काठमाडौँ । अमेरिकाले कोभ्याक्सअन्तर्गत उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख बढी डोज खोप आज नेपाल आइपुग्ने भएको छ।

    अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट आइतबार नेपालका लागि प्रस्थान गरेको र सोमबार बिहान नेपाल आइपुग्ने जनाइएको हो ।

    अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताए।

    राजदूत खतिवडाले भने, “अमेरिकी सरकारको सहयोगका लागि नेपाल सरकारका तर्फबाट म अमेरिकी सरकार र यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images