युरोकपको उत्कृष्ट युवा खेलाडी बने पेड्री
  • SNN Nepal

  • एजेन्सी। स्पेनका मिडफिल्डर पेड्री १६ औं संस्करणको युरोकप फुटबलको उत्कृष्ट युवा खेलाडी बन्न सफल भएका छन् । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्टको उपाधि चुम्न सफल भएका हुन् ।

    प्रतियोगितामा उनले ६ खेल खेलेका थिए । तर, स्पेन सेमिफाइनलमा इटालीसँग पराजित हुँदै बाहिरिएको थियो ।

    युरोकपको उपाधि भने इटालीले जितेको छ । इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि चुमेको हो ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images