अदालतले न्याय र विधिको शासनलाई बचायो : सभापति देउवा
  • SNN Nepal

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाले न्याय र विधिको शासनलाई बचाएको बताएका छन् ।

    सोमबार आफ्नै निवास बूढानीलकण्ठमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले भने, ‘निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको छ । ’

    उनले अदालतले संविधान विपरीत चालेका कदमलाई पनि सच्याएको पनि बताए । ‘मलाई प्रधानमन्त्री बनाएको भन्दा पनि अदालतले संविधान विपरीत गरिएका कदमलाई सच्याएको छ,’ देउवाले भने ।

    सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनासँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । सँगसँगै अदालतले देउवालाई मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिको कार्यालय र संसदका नाममा परमादेश पनि दिएको छ ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images