मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक
  • SNN Nepal

  • काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंग्याउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले बस्दैछ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू हुन लागेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले कसलाई मन्त्रीमा पठाउने भन्नेबारे स्थायी कमिटी सदस्यहरुसँग सुझाव लिने दाहालका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए ।

    सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि आज ५ बजे सपथ हुँदैछ । देउवाले माओवादीका पनि केहीलाई समेटर सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् ।

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images