एमालेको स्थायी कमिटी बैठक आज बस्न लागेको हो ?
  • SNN Nepal

  • काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बस्ने या नबस्ने भन्ने निर्क्योल भइसकेको छैन । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पार्टी अध्यक्ष केपी ओलीले आज प्रधानमन्त्री निवास छाड्ने कार्यक्रम रहेकाले बैठक बस्ने नबस्ने निर्क्योल भइनसकेको हो ।

    यद्यपी भ्याइए भने आज साँझसम्म बैठक बस्ने तयारी रहेको तामाङले जानकारी दिए ।

    ‘आज बैठक डाकीहालिएको छैन । तर, साँझसम्म बस्ने सम्भावना पनि छ,’ उनले भने । तामाङका अनुसार आज अध्यक्ष ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाड्ने तथा कार्यकर्ताले उनलाई स्कर्टिङ गरेर बालकोटसम्म पुर्‍याउने भएकाले त्यसको व्यवस्थापनमा समय लाग्ने छ । ‘यी सबै व्यवस्थापनमा अलि समय लाग्ने भएकाले आज नबस्न सक्ने सम्भावना पनि छ,’ उनले भने ।

    उनले अब बस्ने स्थायी कमिटीमा तीन वटा मुख्य विषयमा छलफल हुने जानकारी दिए । तामाङका अनुसार स्थायी कमिटीको बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, कार्यदलले बनाएको १० बुँदे सहमति तथा केन्द्रीय कमिटीको बैठकका एजेन्डाको बारेमा छलफल हुनेछ ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images