ओलीले कोरोना कहरमा जुलुस सँगै बालुवाटार छाड्ने
  • SNN Nepal

  • काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।

    अदालतको परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै ओलीले आज बिहान ११ बजे बालुवाटार छाड्न लागेका हुन् । उनी आजदेखि निजी निवास बालकोटमा बस्नेछन् ।

    ओली बालुवाटारबाट बालकोट जाँदा ओलीको पक्षमा जुलुस निकाल्ने एमाले कार्यकर्ताको तयारी छ । त्यसका लागि एमाले नेता महेश बस्नेतले मंगलबार नै सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images