नवनियुक्त मन्त्रीहरुले आज पदभार ग्रहण गर्दै
  • SNN Nepal

  • काठमाडौं । नवनियुक्त मन्त्रीहरुले आज पदभार ग्रहण गर्दैछन् । मंगलबार शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका मन्त्रीहरुले बुधबार मन्त्रालय पुगेर कार्यभार सम्हाल्न लागेका हुन् ।

    गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान साढे १० बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

    यसैगरी अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले बुधबार बिहान १० बजे मन्त्रालय पुगेर कार्यभार सम्हाल्दैछन् । मन्त्रालय गएर कार्याभार सम्हाल्नुअघि शर्माले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेर शहीद स्तम्भमा माल्र्यापण गर्ने उनको सचिवालयले जनाएको छ ।

    कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार साँझ नै पदभार ग्रहण गरेका थिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । बुधबार साँझ बसेको मन्त्रिपरिषदको पहिलो बैठकले चैत मसान्तभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेको थियो ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images