वन मुद्दामा फरार ३ जना घोराहीबाट पक्राउ
  • SNN Nepal

  • दाङ । वन मुद्दामा फरार ३ जना दाङको घोराही उपमहानगरपालिकाबाट पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ घर भएका ५० वर्षीया जीवा चौधरी, ५२ वर्षीय धनबहादुर चौधरी र ६६ वर्षीया गौरी बिक छन् ।

    सर्वोच्च अदालतले २०७४ फागुनमा सामूहिक वन मुद्दामा १ लाख ३८ हजार जरिवाना हुने फैसला गरेको थियो । सो फैसला पछि फरार भएका उनीहरूलाई घोराहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images